वाघ वछ्ला देवी सामुदायिक वनमा लोपउन्मुख सालक छाडियो

चन्द्रागिरि १ असार / महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले फेला पारेकाे लोपउन्मुख बन्यजन्तु कालो सालक ईलाका वन कार्यालय महादेवस्थान हस्तान्तरण पछि स्थानिय जंगलमा छाडेको छ । चन्द्रागिरि नगरपालिका २ वाडभञ्ज्याङ्ग नजकै रहेकाे पेट्रोल पम्पमा स्थानियले सालकलाई देखे पछि प्रहरीलाई खवर गरेका हुन् फेला परेकाे लोपउन्मुख बन्यजन्तु कालो सालक करीब दुई किलो ५० ग्राम तौल भएको उक्त भाले सालकलाई सरोकारवाला निकायका प्रतिनिधि, वाघ वछ्ला देवी महिला समूह सामुदायिक वन समितिको रोहवरमा वाघ वछ्ला देवी जंगलमा छाडिएको महादेवस्थान ईलाका वन कार्यालयका सहायक वन अधिकृत राेशना पाेखरेलले वताईन । सालक प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ । विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् । तर पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको चन्द्रागिरि,नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञ बताउँछन् । सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ । तर यसले कमीला लगायत साना कीराहरू पनि खान्छ । सरकारले बाघ, गैंडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रेसँगै सालकलाई पनि अति संकटापन्न जनावरको सूचीमा राखेको छ। वन तथा भूसंरक्षण मन्त्रालयको सालक सर्वेक्षणको टोलीले जिल्लाहरुमा गरेको पछिल्लो तंथ्याङ्कअनुसार नेपालमा हाल ४३ जिल्लामा सालक रहेको पाइन्छ । सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ। सालकले खेतीबाली र उत्पादनलाई हानी नोक्सानी गर्ने किराहरु खाएर नियन्त्रण गर्दछ। सालकले एक बर्षमा करिब सात करोडभन्दा बढी किरा फट्यांग्रा खाने विश्वास गरिन्छ। सालक विश्व मै बढी चोरी सिकार हुने प्रजातीमध्येको एक हो। सालकको अवैधरुपमा शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाखसम्म जरिवानासहित दण्ड सजाय हुने कानुनी व्यवस्था छ ।