दिगो विकासका लक्ष्य हासिल गर्न स्थानीयहरुको महत्वपुर्ण भुमिका

रोशन दानी,

राजधानीको चन्द्रागिरी नगरपालिका स्थित १५ नम्वर वडाको सार्वजनिक सुनुवाई तथा अन्र्तकृया कार्यक्रम वुधवार सम्पन भएको छ ।

कार्यक्रममा १५ नम्वरका अध्यक्ष उत्तम वहादुर राउतको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । उक्त अन्र्तकृया कार्यक्रममा वोल्दै वडा अध्यक्ष राउतले दिगो विकासका लक्ष्य हासिल गर्न स्थानीयहरुको महत्वपुर्ण भुमिका हुनु पर्ने जोड दिए । ग्रामिण विकासका लागि दिगो शान्ती विकास प्रति जनताहरुको सहभागीता र कुनै पनि विकास हाम्रा लागि हो भने आत्माअनुभुती हुनु पर्नेमा जिकिर गरे ।

सार्वजनिक सुनुवाईमा वोल्दै महानगरीय प्रहरी प्रभागका बलम्वुका प्रहरी प्रमुख प्रहरी निरीक्षक शकंर खड्काले स्थानिय जनताको शान्तीसुरक्षको जिम्मेवारी लिने पहिलो दायित्व प्रहरीको रहेको वताए ।

प्रहरी विश्वास,भरोसा,पहिलो अदालत हो, तपाईहरु विना वर्दिको प्रहरी हो ।जहाँ तपाईहरुको आँखा पुगेको हुन्छ त्यहाँ हाम्रो आँखा पुग्न नसकेको हुन्छ त्यसैले समाजमा हुने विभिन कृयाकलाप वारेमा जानकारी गराउनु तपाईहरुको कर्तव्य हो । ति घटना चाहे अपराधिकनै किन नहोस निर्धक भई प्रहरीलाई जनाकारी दिने तपाईहरुको पनि जिम्मेवारी हो ।

कार्यक्रममा झैन्डै १ सय ३० जना स्थानियहरुले सहभागी भएका थिए । उनीहरुले समसामहीक विषयमा वडाको विकास निमार्ण प्रति चासो राखेका थिए ।