प्रथम मातातीर्थ गोल्डकपको उपाधी किसिपिडी युथ क्लबललाई , कुर्दन युथ क्लब उपविजेता

635

प्रथम मातातीर्थ गोल्डकप अन्तर्गत शनिबार भएको फाइनलमा किसिपिडी युथ क्लबले प्रतिद्धन्द्धी कुर्दन युथ क्लबलाई पराजित गर्दै किसिपिडी युथ क्लबले उपाधी हात पारेकाे छ ।

चन्द्रागिरि ६ मातातीर्थ स्थित फुटबल मैदानमा शनिबार भएको फाइनलमा किसिपिडी युथ क्लबले प्रतिद्धन्द्धी कुर्दन युथ क्लबलाई ट्राइबेकरमा ५-३  ले पराजित गर्दै उपाधीकाे दावेदार बन्न सफल भएकाे हाे ।

निर्धारित समय २ -२  गोलको बराबरीमा सकिएपछि उपाधीको छिनोफानो ट्राइबेकरमा टुंगिएको थियो ।

किसिपिडी युथ क्लबले रु २ लाख नगद सहित ट्रफी र पदक चुुम्न सफल भएको हो । यो सँगै कुर्दन युथ क्लब रु १ लाख ५० हजार नगद सहित ट्रफी र पदक दोस्रो स्थान हासिल गरेको छ ।

यसै  तेश्रो स्थानका लागि भएको खेलमा गोर्खाली युथ क्लब विजयी भएको छ । तेश्रो स्थानका लागि खेलिएको खेलमा गोर्खाली युथले सडेन डेथमा फारभीजन माथि जित हात पारेको हो ।

तेश्रो स्थानका लागि भएको खेलमा गोर्खाली युथ क्लबले प्रतिद्धन्द्धी  फारभीजनलाइ ट्राइबेकरमा ५-३ गोल ले पराजित गर्दै तेश्रो स्थानकालागि दावेदार बन्न सफल भएकाे हाे । खेलको निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेलको नतिजा ट्राइबेकरमा निकालिएको थियो ।

प्रतियोगिताको तेश्रो भएको गोर्खाली युथ क्लबले नगद ५० हजार सहित ट्रफी र पदक हात पार्यो ।