चन्द्रागिरि मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेस अग्रता कायमै

714
chandragiri nagarpalika mayor ghanashyam giri and uttam bhadur raut

चन्द्रागिरि नगरपालिकामा गठबन्धन तर्फबाट नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो विवरण अनुसार गनिएको २९,४१८ मत मध्ये  मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले १३,१०८ मत पाएर अग्रता छन् भने दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले १०,९११ मत पाएका छन्।

यो पदको बदर मत संख्या २६६२ रहेको चन्द्रागिरि नगरपालिकाका  निर्वाचन अधिकृत सिर्जना थापलियाले जानकारी दिएको हो । उप मेयर पदको ७९०७ मत बदर भएको छ । ४५६ वटा मतपत्र बदर भएको छ ।