सडक तथा सार्वजनिक स्थलमा निर्माण सामग्री राखे चन्द्रागिरि नगरपालिकाले कारबाही गर्ने

415
chandragiri municipal nirman samagri building materials and construction footpath
file image

सडक तथा सार्वजनिक स्थलमा निर्माण सामग्री राखे चन्द्रागिरि नगरपालिकाले कारबाही गर्ने भएको छ।

चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ११ जरिवाना अनुसार :

“चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र नगरपालिकाले अनुमति प्रदान नगरेका स्थलमा व्यक्ति वा सवारी साधन प्रवेश गरेमा र निषेध गरिएका सार्वजनिक सडक तथा फुटपाथमा सवारी साधन पार्किङ वा व्यापार व्यवसाय वा फोहरमैला गर्ने तथा प्रचलित कानुन विपरितका कार्य गर्नेलाई अनुसूची (१०) बमोजिम जरिवाना गरिनेछ। साथै चन्द्रागिरि नगरपालिका, नगर कार्यपालिकाले समय समयमा यस ब्यवस्थामा थपघट तथा पुनरावलोकन गर्न सक्नेछ ।” उल्लेख गरिएको छ ।

यसै चन्द्रागिरि नगरपालिकाले ” माथि उल्लिखित शिर्षक अनुसारको सामानुहरुको भौतिक अवस्थाका सम्बन्धमा स्वयंम व्यापारी जबाफदेही भै कार्यालयलाई जानकारी दिनुपर्नेछ अन्यथा सामान नष्ट हुन गएमा सम्बन्धित व्यक्ति ने जिम्मेवार हुनुपर्नेछ ।

पटके रुपमा पक्राउ भई आएका सामानहरुको हकमा माथि उल्लेखित जरिवानामा प्रत्येक जरिवाना दोब्बर हुनेछ।

खटिने कर्मचारीहरुसँग फिल्डमा अनावश्यक विवाद गरेमा सो अनुसारको कारवाही तथा जरिवाना गरिनेछ । साथै माथि उल्लेख नभएका विषयमा जरिवाना रु. १००० (एक हजार) गरिनेछ । आवश्यकता अनुसार अधिकार प्राप्त अधिकारीबाट न्यायोचित निर्णय हुनसक्नेछ ।” 

सचेत गराएको छ ।