चन्द्रागिरि नगरपालिकाको कर्माचारीलाई १ करोड ८३ लाख प्रोत्साहन भत्ता

महालेखा परीक्षकको कार्यालय वार्षिक प्रतिवेदन २०७८ र २०७९ अनुसार चन्द्रागिरि नगरपालिकाले १ करोड ८३ लाख प्रोत्साहन भत्ता दिएको पाएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको चन्द्रागिरि नगरपालिकाको वार्षिक प्रतिवेदन अनुसार:-

प्रोत्साहन भत्ता – स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८६(१) स्थानीय सेवाको गठन, संचालन, व्यवस्थापन सेवाको शर्त तथा सुविधा सम्वन्धि आधारभुत शिद्वान्त तथा मापदणड संघीय कानून बमोजिम हुने व्यवस्था हुने, दफा ८६ (२) मा स्थानीय सेवाको गठन सञ्चालन, व्यवस्थापन सेवाको सुविधा तथा अन्य व्यवस्था स्थानीय तहले वनाएको कानून वमोजिम हुने व्यवस्था रहेको छ भने दफा ५३ मा स्थानीय निकायले खर्च गर्दा मितव्यायीता कायम गरी खर्च गर्नु उल्लेख गरेको छ ।

नमुना छनौटको आधारमा लेखापरीक्षण गर्दा पालिकाले यस वर्ष कर्मचारी प्रोत्साहन वापत स्थायी कर्माचारीलाई तलवको २५ प्रतिशत रु.६५९५३३४।– स्वास्थ्य तर्फ रु.१०८८०२७३।- आयुर्वेद तर्फ रु.९२१४३७ गरी जम्मा रु.१,८३,९७,३४४।- खर्च गरेको देखिन्छ । खर्च लेख्दा कुन कर्मचारीले कुन समय, अवधिमा के के काम गरे वापत प्रोत्साहन भत्ता उपलब्ध गराउने हो सो को यकीन नगरिकनै पालिकाले प्रोत्साहन वितरण गरेको छ । पालिकाले भत्ता वितरण गर्दा आन्तरिक स्रोत, कार्यवोझ, निश्चित सुचक, आन्तरिक स्रोत समेतलाई मध्यनजर गर्दै भत्ता वितरण गर्नुपर्दछ ।

महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।