पछिल्लो समयमा वातावरण र त्यसको संरक्षणको मुद्दा पेचिलो बन्दै गएको छ । वातावरण जोगाउने नाममा  राज्यको वर्षेनि अर्बौं बजेट खर्च भए पनि त्यो सबै बालुवामा पानी हालेसरह हुँदै आएको छ ।

चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानमा टाँगिएका पोष्टर, फ्लेक्स तथा होर्डिङ बोर्ड हरूले गर्दा वातावरण प्रदूषित हुँदासमेत सरोकारवाला पक्ष भने बेखबर देखिएका छन् ।

चन्द्रागिरि नगरपालिकाका सबै वडाहरु अवलोकन गर्दा प्रायः पोल, सार्बजनिक स्थल हरुमा अव्यवस्थित पोष्टर, फ्लेक्स तथा होर्डिङ बोर्ड दृश्य देख्न सकिन्छ । सडककिनारका बिजुलीका पोल यस्तै पोष्टर पम्प्लेट, होर्डिङ बोर्डले भरिएका छन् ।

यस्ता पोष्टर, पम्प्लेट तथा होर्डिङ बोर्डले नगरको सौन्दर्य बिगार्ने मात्र नभएर दुर्घटनालाई समेत बढावा हुने भएकोले नगरपालिकाले यस सम्बधितमा पनि ध्यान दिने पर्ने जरुरि देखिएको छ।

चन्द्रागिरि नगरपालिकाका बेखबर भए संगै निजी तथा सार्बजनिक स्थलमा अनुमति नलिई पोष्टर पम्पलेटहरू टासिएको  पाइएको छ। चन्द्रागिरि नगरपालिकाकाले यस विषयमा ध्यान नै गएको न कारबाही गरेको पाएको देखिन्छ भने नगरपालिकाको त्यो निर्णय कागजमा मात्र सीमित देखिन्छ ।

चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ७ बिज्ञापन कर अनुसार नगरपालिका क्षेत्रभित्र हुने सवै किसिमका विज्ञापनमा अनुसूची (६) बमोजिमको विज्ञापन कर लगाई असुल गर्दै आएको छन्।

यसै चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ७ बिज्ञापन अनुसार :

“चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र हुने सवै किसिमका विज्ञापनमा अनुसूची (६) बमोजिमको विज्ञापन कर लगाई असुल उपर  गर्दै आएको छ ।”

यसै चन्द्रागिरि नगरपालिकाले “पुनश्चः कार्यालय प्रयोजनका लागि राखिएको ३० वर्गफुटसम्मको परिचयपाटीलाई कार्यालय बोर्ड मानिनेछ । मापदण्ड बमोजिम कार्यालय वोर्ड राखे वापत विज्ञापन कर लाग्ने छैन । सो भन्दा बढी भएमा नियमानुसार विज्ञापन कर लाग्नेछ । ” सचेत गराएको छ ।