चन्द्रागिरिमा न्युनतम मालपोत मूल्याङ्कन, जग्गा आनाको ६० हजार देखि १८ लाख १५ हजार सम्म

1572

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को न्यूनतम मालपोत मूल्याङ्कन सार्वजनिक भएको छ।  चन्द्रागिरि नगरपालिकाले २०८० श्रावण १ गते देखि लागु हुने गरि स्थानीय राजपत्रमा प्रकाशित गरेको छ।

चन्द्रागिरि नगरपालिकाले राजपत्रमा प्रकाशित अनुसार त्रिभूवन राजपथले छोएका दायाँ बायाँ प्रति आना १८ लाख १५ हजार न्यूनतम मालपोत मूल्याङ्कन तोकिएको छ भने बाटोले नछोएको साबिक वाडभन्ज्याङ्ग गाविसको जग्गाको न्यूनतम मालपोत मूल्याङ्कन आनाको ६० हजार तोकिएको छ ।