चन्द्रागिरि-१५ बखुबाट चोरी भएको पुरातात्विक सरस्वतीको मूर्ति अमेरिकामा भेटियो

चन्द्रागिरि  



jibss

चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानास्थित बखुबाट वि.संं २०३७ (सन् १९८०) साल ताका सरस्वतीको मूर्ति चोरी भएको थियो। लस्ट आर्टस अफ नेपाल अनुसार सरस्वतीको मूर्ति सातौं/आठौं शताब्दी निर्माण भएको जनाएको छ

उक्त चोरी भएको मुर्ति हाल एक अमेरिकी नागरिक रोबर्ट ह्याटफिल्ड एल्सवर्थको नीजि संग्रहमा अवस्थित रहेको जनाएको छ भने मुर्तिको हात, खुट्टा र टाउको काटिएको अवस्थामा रेहको छ। देवीको टाउकोको स्थान अझै अज्ञात छ भने मुर्ति चोरीको समयमा भाँचिएको खुट्टा सोही अवस्थमा बखुस्थित विष्णुदेवी मन्दिर परिसरमा रहेको छ। 

सरस्वती मूर्ति बखुस्थित विष्णुदेवी मन्दिर परिसरमा रहेको शिव मन्दिरबाट चोरी भएको जनाएको छ भने मुर्ति भएको सोही स्थानमा नयाँ मुर्ति प्रतिस्थापन गरिएको छ । 

चोरी हुनु अघि अर्थात् सातौं/आठौं शताब्दी निर्माण भएको मुर्ति १ सय ३० सेन्टीमिटर अग्लो रेहको जनाएको छ भने हाल संग्रहमा रहेको खुट्टा र टाउको विहिन मुर्तिको उचाइ ९१.५ सेन्टीमिटर रहेको लस्ट आर्टस अफ नेपाल  जनाएको छ ।

उक्त तस्बिर इन्सिटु फोटोग्राफ कार्ल प्रुस्चा द्वारा वि.संं २०३२ सालमा तस्बिर लिइएको थियो। साथै मुर्तिको तस्बिर सन् १९८१ मा शुक्रसागर श्रेष्ठको पुस्तक “काठमाडौं उपत्यका, खण्ड २” र उल्रिच भोन श्रोडरको “नेपालिज स्टोन स्कल्प्चर, खण्ड १ – हिन्दू, प्लेट नम्बर २२४ ई” क्रमशः प्रकाशित भएको थियो।

जेन केसी, नमन पी. आहुजा र डेभिड वेल्डन द्वारा प्रदर्शनी क्याटलगमा “डेभिन प्रेजेन्स: आर्ट्स अफ इन्डिया र हिमालयज” शीर्षकमा सन् २००३ मा खण्डित छवि फोटो प्रकाशित गरिएको थियो।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वती देवीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाईन्छ भने मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।