
भारतको नयाँ दिल्लीमा सञ्चालन हुने प्रथम प्रधानमन्त्री कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन जेसिसका मुख्य प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्री नोर्बु लाम प्रशिक्षक यवनदिन दाहाल र ७ जना खेलाडीसहित ९ सदस्यीय टोली काठमाडौँबाट भारत प्रस्थान गरेको छ ।
टोलीलाई जेसिस इन्टरनेसनल बोर्डिंङ् सेकेण्डरी स्कुलका कार्यकारी अध्यक्ष रमेश चन्द्र श्रेष्ठ लगायत प्रिन्सिपल सरोज महर्जन, वि. ब्य. स. सदस्यहरू , शिक्षकहरु र अभिभावकहरूले बिदाइ गर्नुभयो ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा अन्तराष्ट्रिय रेफ्री कुमार लामा घिसिङ्ले फेब्रअरी १८ देखि २० तारिखसम्म भारतको नोइदा दिल्लीमा हुने प्रथम प्रधानमन्त्री कप तेक्वान्दो च्याम्पियनसिप सहभागी हुन नेपालका २ जना अन्तराष्ट्रिय रेफ्री , २ जना राष्ट्रिय रेफ्री र २० जना खेलाडीसहित २४ जनाको टोली आफु सहित भारतको नया दिल्लीमा भएको बताउनुभयो ।