रेडियन्ट इभेन्ट म्यानेज्मेन्ट एजेन्सीको आयोजनामा हुन लागेको लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल २०१७ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ। उक्त ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुले गायन, न्रित्य, बक्तीत्वकला, बाद्यबादन, चित्र लेखन लगायतका प्रतिभा प्रस्तुत गरेका थीए। कार्यक्रममा निर्णायकका रुपमा टिना मानन्धर, प्रमिला भण्डारी, अर्पिन शाही, रोशन श्रेष्ठ लगायत रहेका थीए। कुल २३ प्रतियोगी रहेको उक्त प्रतियोगिता को फाइनल यही जेष्ठ १९ गते राष्ट्रिय नाच घर जमलमा हुँदै छ। बालबालिकामा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने उदेश्य सहित आयोजित उक्त प्रतियोगिताको यो ७ औ संस्करण हो। यस प्रतियोगिताका कोरियोग्राफर राज फैजु हुन।

Leave a Reply
You must be logged in to post a comment.