चन्द्रागिरिका स्थानियहरूले मुख्य सडक खण्डमामा धान राेपेर राष्ट्रिय धान दिवस मनाए ।

काठमाडौं । १५ असार, राेसन दानी

सरकारले धान दिवसकाे उपलक्ष्यमा विभिन्न स्थानमा कार्यक्रम अायाेजना गर्दै गर्दा राजधानीकाे चन्द्रागिरिमा भने छुटै प्रकारले धान दिवस मनाईएकाे छ । काठमाडौंकाे मुख्य नाका जोड्ने सडक खण्ड अन्तर्गत चन्द्रागिरि १२ गुर्जुधारामा स्थानीय सहभागी भएर स्थानीयबासी र केही युवाहरूकाे अगुवाईमा सडकमै धान रोपेर आन्दोलन गरेका हुन । सांकेतिक रूपमा सरकारलाई सडक निर्माण गर्न नसकेको प्रति विरोध गर्दै युवाहरुको एक समूहले सडकमै धान रोपेर सरकारमाथि प्रश्न खडा गरिदिएका छन् ।

अहिले काठमाडौंका धेरैजसो सडकहरुमा धान रोप्ने खेतका फाँटहरु बनेका छन् ।युवाहरुले धुलो काठमाडौंलाई अब हरियाली बनाउन पनि धान रोपाई गर्न आवश्यक रहेका बताएका थिए । चन्द्रागिरिका स्थानिय रामनारायण घिमिरेले निर्माण कार्य तीन वर्ष वितिसक्दा पनि सडक निर्माण नहुँदा धुवा धुलाेकाे सास्ती खेपिरहनु परेकाे कारण उक्त सडकमा धान रोपाई गर्न बाध्य वताए । राष्ट्रिय धान दिवसको अवसर पारेर उनीहरुले सडकको वर्षाै वितिसक्दा पनि सडक निर्माणकार्यमा दिलाई तथा धुवाधुलाेले अाक्रान्त वने पछि उनिहरूले व्यङग्यात्मक धान रोपाई आयोजना गरेका हुन् । पटकपटक आन्दोलन गर्दा पनि सडक नबनेपछि र धुवाधुलाेले अाक्रन्त वनेपछि ठेकेदारलाई र सरकारलाई ध्यानाकर्षण गराउन उनीहरुले सडकै धान रोपेर सांकेतिक विरोध जनाएका हुन् ।

पानी परे हिलाे घाम लागे धुलाे हुने गरेकाे र अत्याधिक धुलाेकाे कारण जनस्वास्थ्यमा असर पर्दै गए पछि केहि स्थानियहरू अक्राेसीत वन्दै अाईरहेका छन् । नागढुङ्गा देखि कंलकी सम्म चालकलाई सडकमा सवारी साधन चलाउन सडककाे अवस्थाकाे कारण एक देखि दुई घण्टा पार गर्ने लाग्ने गरेकाे छ । अान्दोलनका अगुवा उत्तम कार्कीले बर्षायाम शुरु भएसंगै त्यस सडकको दुर्दशा हुन थालेपनि र सडक निर्माणकाे जिम्मा पाएकाे सैलुङ्ग कन्टक्सनले विभिन्न कारण देखाई जनताकाे जनस्वास्थ्य माथी खेलवाड गरेकाे प्रती अाफुहरूले विराेध गर्ने वाध्य भएकाे वताए । सो सडक खण्ड वाट दैनिक हजाराैले यात्रा गर्ने हुदा सास्ती व्यहाेर्दै अाईरहेका छन् । सडकमा धान रोपि सकेपछि उनीहरुले सामूहिक दहि चिउरा खाएका थिए ।