चन्द्रागिरि नगरको मेयर पदमा नेपाली काँग्रेस २८२१ मतले अघि

चन्द्रागिरि ।

स्थानीय निर्वाचनको मतगणना जारी छ । चन्द्रागिरि नगरपालिकाको वडा नं. १२ र १४ को मतगणना जारी रहँदा मेयरमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। उपमेयरमा नेकपा एमालेले २१३ मतको अग्रता लिएको छ ।

शनिबार साँझ ७ बजेसम्म भएको मतगणना अनुसार नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार घनश्याम गिरीले १० हजार ९ सय ९२ मत प्राप्त गर्दा नेकपा एमालेका मेयर पदका उम्मेदवार प्रह्लाद बहादुर कार्कीले ८ हाजर १ सय ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए । त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार लिशा नकर्मीको ९ हजार ३ सय ८४ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी उम्मेदवार इन्द्रावति श्रेष्ठले ९ हजार १ सय ९१ मत रहेको छ । नेकपा माअोवादी केन्द्रका मेयर र उपमेयरका उम्मेदवारले क्रमश ३२८३ र ३३९९ मत तथा राप्रपाका मेयर र उपमेयरका उम्मेदवारले क्रमश ५४१ र ६७९ मत प्राप्त गरेका छन् ।