११ वर्षिय मन्दिपलाई ‘ब्लड क्यान्सर’ ! आर्थिक अभावका कारण उपचार गराउँन नसकेपछि छोरा बचाइदिन मन्दिपको बाबुको अपिल‘

काठमाडौं । मान्छेको जीवनमा पनि कहिलेकाहि नसोचेको पिडा वोकेर वाच्नु पर्दा कस्तो होला । कहिले नसोचेको ‘ब्लड क्यान्सर’ जस्तो प्राण घातक रोगको निधानका लागि आर्थिक अभावका कारण भाइकृष्ण तामाङ दम्पती यति खेर पिडामा वाच्नु वाहेक केहि भएको छैन ।

राजधानीको चन्द्रागिरी नगरपालिका २ का ११ वर्षिय मन्दिप तामाङ ‘ब्लड क्यान्सर’ भए पछि आर्थिक अभावमा बाँचीरहेका भाइकृष्ण तामाङको एक मात्र छोरा मन्दिपलाई बचाइदिन परिवारले अपिल गरेको छ ।

ब्लड क्यान्सर जस्तो गम्भिर रोग लागेपछि उनको उपचार नेपालमा असंभव भएपछि सहयोगी हातहरुकै आर्थिक सहयोगबाट केही दिनअघि भारतको मुम्बइ स्थित टाटा अस्पताल लगिएको छ तर पनि आर्थिक अभावको कमिले गर्दा अस्पतालले उपचार गर्न नमार्ने पछि उहाँहरुले सहयोयको अपिल गर्नु भएको हो ।

‘छोराको उपचार गर्न ५० लाख लाग्ने कुरो छ । भएको सबै सम्पत्ति बेचखन गरेर आएको पैसा यस अघि नै सकियो,’ उनका पीता भाइकृष्ण तामाङले भने,‘मृत्युसँग लडिरहेको छोरा बचाउन पाए हुन्थ्यो ।’

बाडभञ्ज्याङकै चण्डिभैरव माविमा कक्षा ५ मा अध्ययन गर्दै केही वर्ष गत चैत्रदेखि ‘ब्लड क्यान्सर’ भएको थियो । पीडित भाइकृष्णले सहयोग गर्ने सहयोगी हातहरुलाई एनआइसी बैंकको खाता नम्बर ४७८७८७७३१५५२४००१ मा रकम जम्मा गरिदिन अपिल गरेका छन् ।

सम्पर्क न.
धुर्ब कडायत ९८५१०६३९७६
श्रवण सुवेदी ९८५१०९७२१९
मनोज घिमिरे ९८५१०६३९४६
कपिल सिग्देल ९८५११७०२४०
मनोज कुमार शर्मा ९८५११७०२४१