प्रह्लादबहादुर कार्की, एमाले चन्द्रागिरि नगरपालिका क्षेत्रका सडकमा उड्ने धुलो व्यवस्थापन र भुकम्पपिडितले पाउन बाँकी रहेको पुननिर्माण रकम वितरण प्रथामकितामा राखेको छ । मैले स्वास्थ्य, शिक्षा, विकास निर्माणका पूर्वाधारको विकास लक्षित योजना ल्याएको छु ।
नगरमा असल शासनको प्रत्याभूत गर्नेछु। नगरलाई हैन, नगर सञ्चालन गर्ने सिस्टमलाई स्मार्ट बनाउनेछु। चन्द्रागिरि नगरका प्रत्येक वडामा २५ शैयाको अस्पताल बनाउने साथै मनमोहन मेमोरियल इन्स्टिच्युटलाई नगरले समन्वय गरेर सरकारी अस्पतालका रूपमा विकास गर्ने, स्वास्थ्य बिमालाई कार्यान्वयन गर्ने, सरकारी विद्यालयको स्तर निजीको जस्तै बनाउने र प्राविधिक शिक्षामा जोड दिने योजना छन्। साथै खानेपानीको व्यवस्थापन, सिँचाइ, कृषि/अर्गानिक खेती र पर्यटन प्रवर्द्धनमा जोड दिनेछु। नगरभित्रका सार्वजनिक जग्गाको अतिक्रमण रोकेर सदुपयोग गर्ने, त्रिभुवन पार्कलगायत अन्य पार्कलाई व्यवस्थित गर्ने र नयाँ पार्क निर्माण गर्ने योजना छ ।
Leave a Reply
You must be logged in to post a comment.