
बाम गठबन्धनले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यलाई उम्मेदवार बनाएको छ । २०३६ सालदेखी राजनीति सुरु गरेका शाक्यले पहिलो संविधान सभा निर्वाचनमा काठमाण्डौ ६ बाट चुनाव जितेका थिए । हितमान शाक्य सँगका कुराकानी १ हिजो जितेको काठमाडांै क्षेत्र नम्बर ६ छोडेर यहाँ किन आउनुभयो ? पहिलो संविधान सभा निर्वाचन २०६४ सालमा काठमाडांै क्षेत्र नम्बर ६ बाट संविधानसभाको सभासदमा जितेको हँु । अहिले क्षेत्र नम्बर १० मा मलाई उम्मेदवार बनाउने पार्टीको निर्णय मात्र होइन स्थानीय बासिन्दाको मागलाई हेरेर यहाँ मलाई पठाइएको छ । काठमार्डांै क्षेत्र नम्बर १० नेवार बाहुल्य बस्ती भएको र मेरो स्थायी बसोबास पनि यँही कीर्तिपुरको पश्चिम दिशास्थित विष्णुदेवी बखु क्षेत्रमा रहेकाले पार्टीको निर्णय अनुसार उम्मेदवार बनेको हुँ । २ स्थानीय नेता कार्यकर्ताहरुको विकास अवरुद्ध किन पार्न खोजिएको हो त ? स्थानीय नेताहरुको भाग खोस्ने गरी पार्टीले मलाई उम्मेदवार बनाएको होइन । म यँही बसोबास गर्ने स्थानीय बासिन्दा हुँ । म बाग्लुङमा जन्मे पनि मेरो पुख्र्याैली थातथलो यही वागमती उपत्यका (स्वनिगः) नै हो । मेरो पुर्खाहरु आफ्नो थातथलोबाट विस्थापित हुँदै बाग्लुङमा पुगे पनि अहिले म मेरो मातृभूमि खोज्दै यस क्षेत्रमा आएको हुँ । आउने दिनहरुमा स्थानीय नेता जन्माउनको लागि मेरो पद र जिम्मेवारीबाट पूरापूर सहयोग हुने प्रतिबद्धता ब्यक्त गर्छु । ३ पार्टी अध्यक्ष पराजित क्षेत्रमा तपार्इं ‘फलामको च्युरा चपानु’ किन आएका भन्ने स्थानीय जनताको भनाईबारे के भन्नुहुन्छ ? पहिलो संविधान सभा निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यहाँका न्यायप्रेमी जनताले विजयी बनाएको हो । तर वि.सं. २०७० सालमा उहाँले जित्नु नसक्नुको मूल कारण हामी एकताबद्ध नभएकाले हो । यस्तै वि.सं २०५६ सालमा पनि नेकपा (एमाले) र नेकपा (माले) विभाजित हुँदा पनि वामपन्थी उम्मेदवार पराजित हुनुपुगको कटुयथार्थ हामी सामू छ । एकताबद्ध पार्टी विभाजित हुँदा जनता, कार्यकर्ताहरु निराश बन्ने हुँदो रहेछ । जस्को परिमाणले उहाँ पराजित हुनुभयो । वास्तवमा असम्भव भनेको केही पनि हुँदैन, विभाजित भएको बेलामा त्यसो भए पनि अहिले त्यस्तो स्थिति छैन । ४ दुई दिशामा रहेको कम्युनिष्ट पार्टीबीच साँच्चिकै एकता हुन्छ ? लामो समयसम्म नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा रह्यो । यो कम्युनिष्ट आन्दोलनको नकारात्मक विरासत हो । यही कारणले गर्दा प्रतिगमनकारी अवसरवादी र यथास्थितिवादीहरुले अवसर प्राप्त ग¥यो । स्थानीय तहको निर्वाचनको जनमतलाई विश्लेषण गर्दा कम्युनिष्टहरु एकताबद्ध हुँदा देशमा स्थिर र समृद्धिको सम्भावना बलियो, विभाजित हँुदा प्रतिगमनकारीहरु र यथास्थितिवादीहरु हावी हुने चित्र देखापर्छ । यो कुनै एकले अर्काेलाई उपयोग गर्ने र सरकारमा जाने सत्तालिप्साको चेतनामा बनेको गठबन्धन होइन । विचार र राजनीतिकै आधारमा पार्टी एकता गर्ने उद्देश्य छ । माथिल्लो तहबाट हुँदै तलसम्म पार्टी एकताको समायोजन प्रक्रिया हुन्छ । त्यसैले माथिल्लो स्तरमा एकता हुने र स्थानीय तहमा नहुने भन्ने हुँदैन । फुटेको माटोका भाँडा जोडिने स्थिति त हुँदैन तर दुई बलिया फलामहरु वेल्डिङ ग¥यो भने पहिलाको भन्दा पक्कै पनि मजबुत, बलियो र टिकाउ हुन्छ । यसमा कुनै शंका लिनुपर्ने आवश्यकता छैन । ५ माओवादी पार्टीमा लागेका केही उम्मेदवारहरुकै कारणले के तपाईंलाई असहज हुँदैन ? हिजो हाम्रै पार्टीमा क. सुरेश श्रेष्ठ र पन्चलाल महर्जन हुनुहुन्थ्यो । उहाँहरु अहिले अलग थलग रुपमा स–सानो समूहमा रहनुभएको छ । विचार र सिद्धान्तको गठजोडमा भन्दा पनि ब्ययक्तिक असन्तुष्टि र संकीर्णताले कसैलाई पनि भलो गर्दैन । त्यसमा पनि उहाँहरुको त्यति सा¥हो जनाधार छैन । कार्यकर्ताहरु पनि त्यति छैन । त्यसैले यो निर्वाचनमा उहाँहरुका कारणले न्यायप्रेमी जनताहरु दिग्भ्रमित र अन्योल हुनुपर्ने कुनै पनि जायज आवश्यकता छैन । उहाँहरुका उपस्थितिले त्यति ठूलो अप्ठ्यारो पर्ने मैले देखेको छैन । उहाँहरुलाई मेरो आग्रह र अनुरोध छ, कम्युनिष्ट एकताको महान प्रक्रियामा आप्mना आग्रह र संकीर्णतालाई परित्याग गरी पार्टी एकताको अभियानमा समाहित हुन हार्दिकताका साथ आग्रह गर्दछु ।