
नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
अब काठमाडौंमा पेट्रोलको बजार मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढेको छैन ।