शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित

चन्द्रागिरि ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् ।  उनी चाैथो पटक नेपालको प्रधानमन्त्री बनेका हुन् ।  ५५८ सांसदले भोट हाल्दा देउवा ३८८ मत ल्याएर विजयी भए । उनको विपक्षमा १७० मत खस्यो ।