चन्द्रागिरि मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेस अग्रता कायमै

1199

चन्द्रागिरि नगरपालिका नगर प्रमुखमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो विवरण अनुसार गनिएको ३४३६९ मत मध्ये  मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले १४९०३ मत पाएर अग्रता छन् भने दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले १३११८ मत पाएका छन्।

यो पदको बदर मत संख्या ३०५६ रहेको चन्द्रागिरि नगरपालिकाका  निर्वाचन अधिकृत सिर्जना थापलियाले जानकारी दिएको हो । उप मेयर पदको ९५८२ मत बदर भएको छ । ५५८ वटा मतपत्र बदर भएको छ ।