“चन्द्रागिरि नगरपालिका अब शुन्य फोहोर अबधारणा अभियानमा लागेको” नगरप्रमुख घनश्याम गिरि

616

चन्द्रागिरि नगरपालिकामा कलंकी – नागढुंगा सडक तथा साधनमा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतनामुलक अभियान सुरू भएको छ ।

सोमबार चन्द्रागिरि नगरपालिका वडा नं. २ स्तिथ नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा कलंकी नागढुंगा सडक तथा सवारी साधनमा फोहोरमैला ब्यबस्थापन सम्बन्धि सचेतनामूलक अभियान तथा स्टिकर वितरण कार्यक्रम संचालन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक मीरा चौधरीलाई नगर प्रमुखले विभिन्न सचेतनामूलक स्टिकर हस्तान्तरण गरि सार्वजनिक सवारी साधनमा टास्ने तथा सवारी चालकलाई फोहोरदानीको ब्यबस्थापन गर्न गराउन निर्देशन दिने कार्य भएको थियो।

नगर प्रमुख गिरीले नगरपालिका अब शुन्य फोहोर अबधारणा अभियानमा लागेको र सोको लागि फोहोर ब्यबस्थापन गर्न विभिन्न रंगको झोला वितरण प्रक्रिया सुरु हुन लागेको कुरा जानकारी दिनुभयो।

राजमार्ग र भित्री सडकमा सवारी साधनबाट हुने फोहोरको ब्यबस्थापनको लागि सवारी साधनमा फोहोरदानीको ब्यबस्थापन गर्ने गराउने अभियान पनि शुरु भएको जानकारी दिनुभयो।

सडकको पोलहरुमा रंग लगाइएको र होर्डिङ बोर्ड तथा पम्प्लेट हटाइएको कुरा जानकारी गराउदै यसले अनावश्यक फोहोर तथा दृश्य प्रदुषण पनि रोकथाम गर्ने कुरा बताउनु भयो।

कार्यक्रममा नगर उप प्रमुख, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु, फोहोरमैला ब्यबस्थापन गर्ने संस्थाहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल सेनाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

सबै तस्बिरः नगरप्रमुखको सचिवालयबाट साभार