चन्द्रागिरि उपमेयरमा एमाले तिन गुणा अघि, ३ हजार २ सय ६३ मत बदर

6447
chandragiri up mayor basanti shrestha and rosahan dani

चन्द्रागिरि नगरपालिका वडा नं. ४ र ५ को मतगणना जारी रहँदा उपप्रमुखमा नेकपा एमालेका बसन्ती श्रेष्ठको अग्रता कायम राखेको छन् ।

पछिल्लो विवरण अनुसार गनिएको ८ हजार ४ सय ७७ मत मध्ये उमपेयरमा ३ हजार १ सय ७३ मत सहित नेकपा एमालेका बसन्ती श्रेष्ठले अग्रता लिएको छ भने जनमोर्चाका रोशन दानीले १ हजार ३९, राप्रपाका उम्मेदवारले  ३०५, नेकपा एकीकृत समाजवादीका भइ कृष्ण बलामीले २५१, ढल्केको छाताका उम्मेदवारले २७, मादलका उम्मेदवारले २३, करुवाका उम्मेदवारले ८ तथा लौरोका उम्मेदवारले ५२  मत पाएका छन् ।

यो पदको बदर मत संख्या ३ हजार २ सय ६३ रहेको चन्द्रागिरि नगरपालिकाका  निर्वाचन अधिकृत सिर्जना थापलियाले जानकारी दिएको हो । मेयर पदको १११३ मत बदर भएको छ । १४६  वटा मतपत्र बदर भएको छ ।