
काठमाडौं । सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैंरतिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो। यसै गरि चन्द्रागिरि स्थित सतुंगलमा रहेको साल्ट ट्रेडिङमा पनि आज देखि सञ्चालन ल्याएको हो।
आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने छ ।
सरकारले आज (शुक्रबार) देखि सञ्चालन गर्ने पसलहरुमा पाइने बस्तु तथा सामानमा पाइने छुट:-
केमा कति छुट ?
वस्तु — छुट मूल्य (प्रतिकेजी-लिटर)
नून – २ रुपैयाँ
दाल – ५ रुपैयाँ
चामल – ५ रुपैयाँ
चिउरा – ५ रुपैयाँ
तेल (तोरी) – ५ रुपैयाँ
तेल (सूर्यमुखी) – ५ रुपैयाँ
चिनी – ५ रुपैयाँ
आटा – ५ रुपैयाँ
सिमी – १० रुपैयाँ
फापर – १० रुपैयाँ
तेल (भटमास) – १० रुपैयाँ
खासी/बोका (जिउँदो) – १० रुपैयाँ