
विश्वकर्मा पूजाको दिन अवसरमा चन्द्रागिरी-७ मा चन्द्रागिरी अटो क्लीनिक सुचारु हुने भएको छ । लाइट गाडी मर्मत र सर्भिसिङ्गका लागि चन्द्रागिरिमा अत्याधुनिक वर्कशप खुलेको हो । चन्द्रागिरि अटो क्लिनिक प्रा.लिका नामबाट च.न.पा. ७ चेकपोष्टमा वर्कसप सञ्चालनमा ल्याएका हुन् ।
नयाँ व्यवसायका रुपमा वर्कसप सञ्चालन गरेको र यसले चन्द्रागिरिमै सबै लाइट किसिमका गाडी मर्मत तथा सर्भिसिङ्गका र गाड़ी तथा बाईक किनबेच को लागि एउटै थलोबाट सेवा दिने बताए र चन्द्रागिरिमा यसले ग्राहकलाई उत्कृष्ट सेवा दिने यस संस्था को दावी छ ।
गाडी धुने, सर्भिसिङ्ग, मर्मतलगायत टायर र पाटपुर्जाहरु समेत एकै थलोमा उपलब्ध गराइने गरी यो संस्था भोली विश्वकर्माको पूजाको दिन बाट सुरु हुनेछ।