राष्ट्रिय जनमाेर्चा वाट चुनावमा होमिएका युवा नेता दानी भन्छन – ‘ देश वनाउन केही गार्हाे छैन,विगार्ने वाट वचाउन चाहि गार्हाे छ,अब तपाईहरूकाे पालाे अामा वुवा कसकाे हातमा चावि दिने हाे ??

काठमाडौं – वर्तमान राजनीति अवस्था अन्याेलपूर्ण छ ।अाजकाे दिन सम्म अाई पुग्दा नेपाल जुन गतिमा अगाडि वढि सक्नु पर्ने हाे त्याे हुन सकिरहेकाे छैन । पछिलाे समय नेपालमा गरिब,वेराेगारी समस्या झन उकालाे लाग्दै गईरहेकाे कुरालाई नकार्न सकिँदन । नेपालमा वर्षाै देखे चलिअाएकाे सामन्तवादी साेचले अझै हावी र जराे गाढी रहेकाे छ । नेपालमा पुराना भनिएका र सत्तामा लिप्त राजिनतिक दलहरूका कारणले गर्दा देशकाे अवस्था काहालि लाग्दाे र भयावह अवस्था सृजना गरिसकेको छ । तिनै युवाहरुको ठुलो जमातबाट असन्तुष्टि पोखिएको देखिन्छ, राजनीति कमाई गर्ने धन्दा भयो, विकासका नाउँमा जनताको भ्रम मात्र छर्ने थलो भयो ।नेताहरुले केही गर्न सक्दैनन् । देशको ढुकुटी आफु आफुमै लुछाचुँडी गरेर सक्न लागे । यसरी राजनीतिप्रति वितिष्णा जनाउँदै खाडी तथा अन्य मुलुकतिर धाउने युवाहरुको ताँती छ । दैनिक १५ सय युवा रोजगारका लागि विदेश धाउँछन् । तर, असन्तुष्टि जनाउँदै विदेशतिर जाने होइन, देशमै अवसर खोज्नुपर्दछ भन्दै राजनीतिलाई सच्याउन अघि बढेका एक युवा हुन् रोशन दानी । लामाेे समय देखि समाज रूपान्तरणकाे पाटाेमा सकृृय दानी पेशाले पत्रकारिता गर्दै आइरहेका छन् ।२०४८ सालमा जन्मिएका उनले राजनीति भित्र छिरेरै राजनीतिलाई बुझ्न सकिन्छ देशलाई सच्याउन सकिन्छ भन्दै सकृय राजनीतिमा छन् । कहिले गरिव जनताहरूकाे छाेरा छाेरी पढ्ने स्कुलहरूका विद्यार्थीहरूलाई कापीकलम,झाेला वाड्न पुग्छन त कहिले भुकम्प पिढित त कहिले तराईका जिल्लामा पुगेर वाढी पहिराेले वेसाहारा वनेकाे घर अागंनमा सहारा वन्न पुग्ने गर्दछन । राजधानीकाे चन्द्रागिरिमा जन्मेका राेसन सानै देखि कान्तिकारी स्वभावका व्यत्ति हुन । उनी अरू जस्तै महङ्गो विद्यालयमा पढ्ने साेच अभिभावककाे हुदा हुँदै पनि अझै पनि पिछडिएको श्री चण्डीका देवि मावि वाड्भञ्ज्झाङ्गकाे  स्कुलले शिक्षा पूरा गरे ।दानी काठमाडौं शिक्षा कलेजमा स्नातक अध्ययनरत एक युवा हुन् । राष्ट्रिय जनमोर्चा प्रदेश नं. ३ का तर्फबाट समानुपातिकका लागि उम्मेद्वार समेत रहेका दानी सम्भ्वत त्यस क्षेत्रकै कान्छो उमेरका उम्मेद्वार समेत हुन् । पत्रकारिता मुल पेशा गरेका दानी राजनीतिक संस्कृतिको सुधारले नै देशको विकास हुने कुरामा विस्वास गर्दछन् । उनी भन्छन्, ‘समाज परिबर्तनका लागि राजनीतिक स्थिरता आउनुपर्ने रहेछ, त्यसैले मैले पत्रकारिता पेशासँगै राजनीतिमा होमीएको हुँ । क्षेत्र नं. ३ वडा नं. ९ स्थित क्षेत्र चन्द्रागिरी कंलकी, नैकाप पुरानो नैकाप तीनथाना, बलम्बु,रामकाेट,भिमढुङ्गा र राजधानीको विभिन्न कार्यक्रममा व्यस्तता हुँदै अाईरहेका छन् ।मर्म बुझेर राजनीतिमा पाइला चाल्नेले कहिल्यै पछाडी फर्केर हेर्नु नपर्ने उनको जिकिर छ । दानी स्थानीय निर्वाचनमा जनमोर्चाबाट उपमेयरमा समेत उठेका थिए । देशमा जति नै परिर्बतन उथलपुथल आएपनि व्यक्तिगत रुपमै मानिसले आफ्नो आचरण सुधार्न नसके जनाताको जिवनस्तर सुध्रिन नसक्ने नेपाली जनताले अझै धेरै कष्ठ झेल्नु पर्ने उनी बताउँछन् ।करिब दशवर्षदेखि मिडिया क्षेत्रबाट चिनिएका उनी राजनीतिक जीवनमा होमीनुको कारण भन्छन्, ‘सबै नीतिहरुको नीति निर्माता राजनीतिबाट नै हुने भएकोले यता तानिएको हुँ ।’ ‘मलाई कुनै पनि देशमा पुगेर पैसा कमाएर धनी बन्ने मनसाय छैन । समाज सुधार नै सानै देखिकाे रुचि हाे दानीकाे । युवाहरूले अवसर पाए देशकाे समृद्धि राष्ट्रकाे पहिचान वढाउन सकिने दानीकाे वुझाई छ । सञ्चार क्षेत्रमा उनकाे याेगदान लामाे छ । एसएलसी उतिर्ण गरेदेखिनै उनी सञ्चार क्षेत्रमा कृयाशिल हुँदै अाईरहेकाे व्यति पनि हुन । उनले एविसिमा समाचार पुर्याउने काम देखि अरनिकाे टेलिभिजन,काष्ठमण्डप टेलिभिजन,दैनिक न्युज २४ काे डेपल्पमेन्ट फाेरम,मेगा टेलिभिजन,विभिन्न पत्रपत्रिका,अन्लाईनमा उच्च पदमा रहि जिमेवारी समेत निभाई सकेका छन् । दहचाेक युनाईटेड कल्वका अध्यक्ष,दहचाेक पर्यटन,युवा कल्व विभिन्न सामाजिक सस्था कृयाशिल दानी निर्तर पाटीकाेकामा पनि सकृय देखिदै अाईरहेकाे व्यति  समेत हुन । विगतमा ४ वर्ष गाविसकाे कमप्युटर अपरेटरमा जागिरे दानी त्यहा वाट पनि निस्की समाज सेवा र देशलाई सुमार्गकाे वाटाे काेर्न निस्किएका थिए । दानी युवा माझ पछिलाे समय निकै लाेक प्रिय छन । दानीकाे यति अनुराेध छ अागामी प्रदेश सभाकाे निर्वाचनमा समानुपातिककाे गिलास चिन्हमा मतदान गरि युवा महिलाहरूकाे अधिकार र पुराना लाई भन्दा नयांलाई विजयी गराई एक पटक समृद्ध नेपाल,भय मुत्त नेपाल,सुशासन ,जवाफदेही , पार्दशिता मय समाज निमार्णमा लाग्न अाव्हान समेत गरेका छन् । हाम्रो पनि  दानीलाई सफलताकाे सुभकामना ।