झापा ५ मा ओलीको जित,हेर्नुहोस कति मत ल्याए

२४ मंसिर ,काठमाडौँ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित भएका छन् । ओली ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो । उनका निकटम प्रतिद्वन्द्वी डा। खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए ।