संयुक्त लोकतान्त्रिक वाम गठबन्धन काठमाडौं क्षेत्र नं. १० प्रदेश ‘ख’ को प्रतिबद्धता

536

संयुक्त लोकतान्त्रिक वाम गठबन्धन काठमाडौं क्षेत्र नं. १० प्रदेश ‘ख’ को चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको छ।

प्रतिबद्धताहरु:-

१. सामूदायिक बिद्यालयहरुमा खेलकुद मैदान, कम्प्युटर, बिज्ञान प्रयोगशाला, पुस्तकालय, इन्टरनेट आदिको व्यवस्था गरिनेछ ।

२. प्राबिधिक तथा रोजगारमुलक शिक्षा प्रदान गर्ने बिद्यालयलाई प्रोत्साहन दिईने छ ।

३. निर्वाचन क्षेत्र भित्र भएका सामूदायिक क्याम्पसहरुलाई भौतिक पूर्वाधार, गुणस्तरिय शिक्षा र उत्कृष्ट क्याम्पस बनाउन सहयोग गरिने छ ।

४. संघिय सरकारले गर्ने स्वास्थ्य बिमा गर्न सबैलाई अभिप्रेरित गरिने छ ।

२. स्वास्थ्योपचार सहयोग कोष खडा गरी मुटु, मिगौला(डायलाइसिस) अर्बुद रोग जस्ता ठूला रोगबाट पिडित बिरामीलाई सहयोग गरिनेछ ।

६. प्रदेश सरकारको आफ्नै लगानीमा अत्याधुनिक प्रयोगशाला (फियोथेरापी) प्याथोलोजील्याब (डायग्नोसिस केन्द्र)स्थापना गरि सुलभ रुपमा सेवा उपलव्ध गराईने छ्‌ ।

७. स्वास्थ्य स्वयमसेबिकाहरुले पाउँदै आएको भत्ता थप बृद्धि गरिनुका साथै क्षमता अभिबृद्धि तालिमको व्यवस्था गरिनेछ ।

८. ज्येष्ठ नागरिक, एकल महिला /पुरुष, लैगिक तथा यौनिक अल्पसंख्यक,र कडा रोगबाट पीडित नागरिकको थ्यांक संकलन गरि सहयोगको योजना निर्माण गरिने छ ।

९. बाद्यवादन, पुस्तक, पत्रपत्रिका सहित दिवाकालीन ज्येष्ठ नागरिक बिश्राम तथा मनोरञ्जन क्लब स्थापना गरिने छ ।

१०.बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वच्छ खानेपानीको व्यवस्थापन गरिनेछ ।

११.खेतीयोग्य जमिन, कृषि फारम र कृषि लघु उद्योगको बिवरण संकलन गरि व्यावसायिक कृषि कार्यको प्रोत्साहनका लागि योजना निर्माण गरिने छ ।

१२.एक निर्बाचन क्षेत्र एक औद्योगिक ग्राम स्थापना र रोजगार श्रजना गरिनेछ ।

१३.सनातनी हिन्दु तथा बौद्धदर्शन अन्तर्गत स्थापित मठ-मन्दिर, गुम्बा, स्तुपा, आश्रम, पुरातात्त्विक महत्वको क्षेत्रलाई
धार्मिक पर्यटक गन्तव्यको रुपमा बिकास गरिनेछ ।

१४.सन्ध्याकालीन पैदल यात्राका (Evening walk path) लागि आबश्यक पूर्वाधार निर्माण गरिनेछ ।

१५.ग्रामिण पर्यटकिय क्षेत्रको पहिचान गरि पर्यटक घरबास (Tourist home stay), व्यवसाय संचालन गर्न ईच्छुक व्यवसायीलाई तालिमको व्यवस्था गरिनुका साथै अन्य भूभागमा सञ्चालित पर्यटक घरबास (tourist home stay) व्यवसाय अध्ययन भ्रमणका लागि आवश्यक प्रोत्साहन गरिने छ ।

१६.सम्भावना भएका नगरका क्षेत्रहरुमा नमुना बस्ती निर्माण गरिने छ । त्यस्ता नमुना बस्ती क्षेत्रमा भवन निर्माण गर्दा एउटै आकार, एउटै रंग, एउटै शैलीको हुने गरी कानुन बनाईने छ ।

१७. ऐतिहासिक, पुरातात्विक र सास्कृतिक सम्पदाको जीर्णोद्वार गरी संरक्षण र सम्वर््धन गरिने छ ।

१८. हरियाली कायम हुने गरी सफा सडक, ढल र पानीको व्यवस्था, नेपाली शैलीको भवन, सबै घरको अगाडी बगैचा र पार्किङ स्थल, व्यवस्थित सार्वजनिक यातायात, साइकल लेन आदिको व्यवस्था गरि सम्भवना भएको स्थानमा आवासिय शहर निर्माण गरिनेछ ।

१९.खोलानालालाई सफा राखि नदि किनारको दुबै तर्फ र वरपरको खालि स्थानमा वृक्षारोपन गरि वातावरण स्वच्छ राखिने छ ।

२०.नदिमा फोहर नफाल्नका लागि जनचेतनाका साथै फोहर फालेमा नियम अनुसार दण्ड जरिवाना गरिने व्यवस्था
गरिनेछ ।

२१.सार्वजनिक स्थलहरुमा पानी संग्रह तथा रिचार्जको लागि पोखरीहरु निर्माण गरिने छ ।

२२.फोहर प्रशोधन तथा मल उत्पादन गर्ने उद्योग स्थापनाको लागि अध्ययन गरिनेछ । त्यसका लागि सघ, प्रदेश, स्थानिय तह, बिज्ञ तथा नागरिक समाज,उद्योग व्यवसायी आदि संग समन्वय गरि निजि साभ्लेदारि ढाँचामा उद्योग स्थापना गरि संचालनको जिम्मेवारी निजी क्षेत्रलाई दिईनेछ । फोहोर संकलनले मोहोर दिएर,फोहोर लिनेछ ।

२३.प्लाष्टिक जन्य फोहर पदार्थ व्यवस्थित गरि सफा राख्न घरधनी, तरकारी र खाद्य समाग्री पसल, सार्वजनिक यातायात, कार, ट्याक्सी आदिमा यात्रा गर्ने यात्रु र सवारीचालक, पर्यटन, तिर्थयात्री, स्कूल, र क्याम्पस सबैलाई सचेतनामूलक कार्यक्रम संचालन गर्नुको साथै नियम बनाई कार्यन्वयन गरिनेछ ।

२४.आफ्नो फोहोर आफ्नै झोलामा अभियान संचालन गरिने छ ।

२५.नगरमा प्रवेश गर्ने नाकामा सवारी साधनको धुवा प्रदुषण जाँचक यप्त्रको साथै गाडी सफा गर्ने व्यवस्था गरिने छ ।
पारिश्रमिक सहित सो कार्यको जिम्मेवारी नाकाको घर्‌ धनी वा बेरोजगारी युवालाई दिईनेछ ।

२६.फराकिला सडकका दुबै किनारामा बृक्षारोपण गरि हरियाली कायम गर्न सम्बन्धित टोलका बासिन्दासंग समन्वय र
प्रोत्साहन गरिलेछ ।

२७.बिभिन्न क्षेत्रमा रहेको डुबानको समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्न बिज्ञ समूहको सहयोगमा अध्ययन गरि एकिकृत ढल निर्माणको गुरुयोजना बनाई निर्माण कार्य अगाडी बढाइनेछ ।

२८.नेपाल खानेपानी बिभाग, नेपाल बिद्युत प्रधिकरण, नेपाल दुरसंचार प्रधिकरण र उपत्यका सहरी बिकास आयोजनासंग समन्वय गरि योजना निर्माण गरिने छ । कालोपत्र गर्ना साथ सडक भत्काउने प्रचलन रकिने छ ।

२९.बढ्दो सवारी साधनको चापलाई ध्यानमा राखि खुल्ला क्षेत्र भएको स्थानमा व्यवस्थित पार्किङ र प्रयाप्त ठाउँ नभएको स्थानमा बहुतले पार्क भवन निर्माण गरिने छ ।

३०.मुख्य चोकहरुमा आकाशे पूल निर्माण गरिनेछ ।

३१.मुख्य सडक र ट्राफिकको बढी चाँप हुने सडकमा ट्राफिक बत्ती राखिनेछ ।

३२.बेलुका ७ बजेपछि नागढुंगाबाट कलंकी सुन्धारा तर्फ जाने सवारी साधन नपाउने चन्द्रागिरी नगरवासीको समस्यालाई ध्यानमा राखी सुन्धाराबाट-नागढुंगा र नागढुंगाबाट-सुन्धारा जाने सार्वजनिक यातायात चलाइने छ ।

३३.प्रदेश (ख) मा बसोबास गर्नु हुने महिला दिदी बहिनीहरुका लागि उद्यमशिलता तथा स्वरोजगार सम्वन्धि सिपमुलक
तालिमको व्यवस्था गरिने छ ।

३४.सार्वजनिक जग्गाको एकिन गरी, उपलब्ध सार्वजनिक जग्गामा खेल मैदान, स्वच्छ वातावरणयुक्त ज्येष्ठ नागरिक मनोरन्जन केन्द्र, उद्यान, पार्किङ स्थल, ट्याक्सी पार्क, बस पार्क पार्किङ भवन, तरकारी वजार, सार्वजनिक शौचालय र बिपत व्यवस्थापन स्थलका रुपमा बिकास गर्न बिज्ञहरु सम्मिलित मास्टर प्लान निर्माण समिति गठन गरिनेछ र मास्टर प्लानको आधारमा पूर्वाधार निर्माण गरिने छ ।

३५.राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त खेलाडी एवं पर्वतारोहीको पहिचान गरी सम्मानित नागरिकको सम्मान स्वरुप प्रदेशले निर्माण गर्ने सडक तथा पूलको नामाकरण गरिनेछ ।

३६.उपलव्ध सार्बजनिक जग्गाको उपयोग गरी प्रत्येक वडामा आवश्यकता र जग्गाको क्षेत्रफलको आधारमा टेबुल टेनिस, व्याडमिन्टन, भलीबल, फुटबल, किकेट आदिको खेल मैदान निर्माण गरिनेछ ।

३७.सुबिधा सम्पन्न, आधुनिक प्रबिधि जडित एक सार्बजनिक पुस्तकालय स्थापना गरिनेछ ।

३८.गीत, संगीत, कला, मौलिक संस्कृति, वादावादन आदिको संरक्षण र सम्वर्दन गरिनेछ र त्यसको लागि प्रशिक्षण केन्द्रको स्थापना गरिनेछ ।

३९.भूकम्प, बाढी, पहिरो, डुबान, महामारी, आगजनी आदि बिपतबाट जोगिन नागरिकहरुमा पूर्वसचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ । बिपतमा परेका नागरिकको उद्धार एवं व्यवस्थापन गरिनेछ । त्यस्ता बिपद्बाट उद्धार गर्न र सुरक्षाको लागि प्रत्येक वडामा खुल्ला आश्रय स्थलको व्यवस्था गरिनेछ ।

४० .सहकारी संस्थाको सवलीकरणका लागि आवश्यक तालिमको व्यवस्था गरिने छ । दुई वा दुई भन्दा बढी सहकारीको लगानीमा व्यवसाय संचालन गर्न बिशेष प्रोत्साहन गरिनेछ ।

४१. शैक्षिक बेरोजगारलाई लघु उद्यम, घरवास व्यवसाय निशूल्क रुपमा दर्ता गरि संचालनमा ल्याउर वजारीकरणमा सहयोग गरिनेछ ।

४२.विकास निर्माण कार्यमा हरित प्रविधि र वातावरण मैत्री निर्माण सामाग्रीको प्रयोग गर्न अभिप्रेरित गरिनेछ ।