गार्इजात्रा पर्व मनाइँदै ।

1399

चन्द्रागिरि ।

मंगलबार काठमाडौ सहित देशका धेरै ठाउँमा सांस्कृतिक एवं परम्परागत पर्व गाईजात्रा मनाईदैछ । एक वर्ष भित्र ज्यान गुमाएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतिकात्मक अभिव्यक्ति स्वरुप मानिसलाई गाईको रुपमा वा गाईलाई नै सिंगारेर नगर परिक्रमा गराईन्छ ।

गाईको पुच्छर समातेर वैतरणी नदी पार गरिने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउँदै आइएको छ । मल्ल राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाएर सान्त्वना दिन मानिस मरेका घरघरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई राजदरबारको प्राङ्गणमा जम्मा गराएर रानीलाई देखाउनुभएको थियो ।

त्यतिले पनि मन शान्त हुन नसक्दा शोकहरण गर्न हँसाउने कार्यक्रमको आयोजनाका लागि राजआज्ञा जारी गर्नुभयो र गाईजात्राको चलन शुरु भएको मानिन्छ । हिजोआज सामाजिक विकृति, कुरीति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्गयात्मक शैलीमा आलोचना गर्दै हास्यव्यङ्ग कार्यक्रम गर्ने प्रचलन छ ।

यो जात्रा काठमाडौ उपत्यकाका साथै वनेपा, धुलिखेल, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, ईलाम, धनकुटा, पाल्पा, धरान, विराटनगर, हैटौडा, विरगंज, डोटी र पोखरा लगायतका ठाउँमा विशेष तरिकाले मनाउने गरिन्छ । गाईजात्राको अवसरमा काठमाडौका विभिन्न ठाउँमा शुक्रवार विशेष कार्यक्रम गरिदैछ ।