गैर आवासीय नेपाली संघ, रास्ट्रिय समन्वय परिषद युएई को प्रेस बक्तब्य

407

गैरआवासीय नेपाली संघ युएईले बार्षिक रुपमा आफ्नु कार्य पत्र तयार पर्ने गर्दछ र सोहि बमोजिम आफ्ना कार्यक्रम तय गरेर संचालन गर्दछ र आगामी बर्षको निमित्त पनि बार्षिक कार्यपत्र तयार गरिदै छ सोहि कार्यपत्र भित्रको यो आगामी कार्यक्रम अन्तर्गत २०१७ डिसेम्बर महिनालाई खेलकुद महिनाका रुपमा हामीले आगाडी बढाउने तयारि गर्दै बिभिन्न खेलकुद आयोजना गर्ने तयारीमा छौ जसन्तर्गत डिसेम्बर १५ -२०१७ का दिन एनआरएनए युएई अन्तर नेपालि खुल्ला भलिबल प्रतियोगिता साथै २९ डिसेम्बर २०१७ का दिन अन्तर नेपालि संघ संस्था मैतीपूर्ण फुटबल प्रतियोगिता आयोजाना गरिएको जानकारी गराउदछौ, साथै यसको मुख्य उदेश्य भनेको बिभिन्न कारणले बिदिसिनु बाध्य प्रदेशमा रहेका नेपालिहरु जो कति पय रास्ट्रिय, अन्तरास्ट्रिय खेलाडी समेत हुनुन्छ उहाँहरुको खेल प्रतिको मोह लाइ निरन्तरता दिन र प्रोत्शाहन र सम्मान गर्दै खेलको प्रबर्दन गर्नु साथै यसखालका खेलकुद आयोजना गर्दा धेरै नेपालि दाजु भाइ दिदि बहिनिहरुको उपस्थिती हुने हुँदा आपसी भात्रित्त्वोको बिकास हुनु संग संगै गैरआवासीय नेपाली संघ युएईले आफ्नु सम्बन्ध बिस्तार सबै सँगको सम्बन्ध सौहार्दपूर्ण र सुमधुर पार्ने कुरा पनि संगै जोडिएर आउँदछ नै, यी सबै कार्यक्रम सफल पार्नका निमित्त यहाँहरु सम्पूर्णको साथ् र सहयोगको रहनेमा गैरआवासीय नेपालि संघ युएईले पूर्ण बिस्वास राखेको छ।
गैरआवासीय नेपाली संघ युएई

प्रतियोगिता सम्बन्धि बिस्तृत जानकारी यसप्रकार रहेको छ।

प्रतियोगिता मिति : १५ डिसेम्बर २०१७ बिहान १० बजे
स्थान : मुन्सी पाल्टी खेल मैदान अलकुज ( डल्सको क्याम्प नजिकै )
टिम दर्ता अन्तिम मिति : ११ डिसेम्बर २०१७ बेलुका ७ बजे सम्म।
टिम दर्ता शुल्क : ३०० दिराम प्रति टिम।
खेल तालिका सार्बजनिक : १२ डिसेम्बर २०१७ बेलुका ५ बजे सम्पूर्ण दर्ता टिमका टिम क्याप्टेनको अनिबार्य उपस्थितिमा हुने छ साथै खेल सम्बन्धि नियमहरु सोहि दिन टिम क्याप्टेनलाइ जानकारी गराइने छ।
पुरुस्कारहरु
प्रथम : ३३३३ दिराम नगद,कप, मेडल र प्रमाण पत्र,
दितिय : २२२२ दिराम नगद, कप, मेडल र प्रमाण पत्र,
तृतीय : ११११ दिराम नगद, कप, मेडल र प्रमाण पत्र,
साथै बिभिन्न विधामा उत्कृस्ट खेलाडी छनोट र पुरुस्कारको बेबस्था समेत रहेको छ।

अन्तर नेपालि संघ संस्था मैत्रीपूर्ण फुटबल प्रतियोगिता।

प्रतियोगिता मिति : २९ डिसेम्बर २०१७ बिहान १० बजे बाट

स्थान : अल साफा पार्क दुबई।
फुटबल सम्बन्धि सम्पूर्ण तालिका र अन्य विवरण निकट भविष्यमै प्रकाशित, प्रसारित गरिने छ साथै सम्पूर्ण संघ संस्थालाई निमन्त्रणा समेत गरिने छ।

हाम्रो यस भलिबल तथा फुटबल प्रतियोगिताको निमित्त एभरेस्ट युएई मार्सल आर्ट्स एण्ड स्पोर्ट्स कलब साथै नेपालि भलिबल क्लब युएई प्राबिधिक सहयोगीको रुपमा रहनु भएको छ।

गैर आवासीय नेपाली संघ,
रास्ट्रिय समन्वय परिषद युएई।