चन्द्रागिरी नगरपालिको संक्षिप्त परिचय

1073

चन्द्रागिरी नगरपालिका नेपालको प्रदेश नं ३, काठमाडौं जिल्ला भित्रको सबभन्दा ठुलो नगरपालिका हो। नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गते स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लाको दक्षिण-पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाणभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समितिहरूलाई समेटेर जम्मा २५ वडा बनाई चन्द्रागिरी नगरपालिका घोषणा गरिएको हो। पछिल्लो पटक नेपालको संबिधान अनुसार राज्य पुनसंरचना आयोगको पुनसंरचना पछि जम्मा १५ वडा कायम भएको हो । चन्द्रागिरी नगरपालिकाको केन्द्र  बलम्वुमा रहको छ।