
प्रथम अन्तराष्ट्रिय फुटसल टुर्नामेन्ट अन्तर्गत नेपाल सेकेन्ड रनरअप भएको छ।
पाकिस्तानको लियाक्याट जिम्नासियम स्र्पोटस क्मप्लेक्स इस्लामाबादमा भएको खेलमा नेपालले ९–० टर्कीलाई पराजित गरेको हो।
फागुन ४ देखी ६ गतेसम्म भएको खेलमा नेपाल सहित आयोजक राष्ट्र पाकिस्तान, अफगानिस्तान, ब्राजिल, टर्की, अष्ट्रेलिया लगायतका राष्ट्रको सहभागिता छन ।नेपाली टोलीमा दीपेन्द्र रसायली, रीतेश पौडेल, साजन महर्जन, समीर कार्की, बिक्की शिलाकार, साहील राना, बिकेक केसी, राकेस थापा, टिम म्यानेजर बटु कृष्ण थापा, टिमकोच सन्तोष पराजुली, सह टिम कोच राजेन्द्र थापा रहेका छन । नेपाल यसअघि सन् २०१६ मा श्रीलंकामा सम्पन्न फुटसल टुर्नामेन्टमा उपबिजेता भएको थियो ।
Comments
