महानगरीय प्रहरी वृत्त थानकोट द्वारा प्रतिवन्धित लागुऔषध सहित ४ जना पक्राउ

822

काठमाडौं मङ्सिर २४। महानगरीय प्रहरी वृत्त थानकोटले प्रतिवन्धित लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी २ बाडभञ्याङबाट मसिने जाने सार्वजनिक कच्चिसडक खण्डको देउराली स्थित प्रहरीको आखाँ छलि जङ्गलको वाटो प्रयोग गर्दै ल्याउदै छ भन्ने गोप्य सुचनाको आधारमा खटी गएको प्रहरी टोलीले सोही स्थानमा शंकास्पद अवस्थामा १० किलो ४०० ग्राम अवैध चरेस सहित एक जनालाई पक्राउ गरेको हो ।

कालो रंगको झोलामा खैरो रंगको काटुन टेपले बेरी लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा लागू औषध चरेस सहित जिल्ला धादिङ गजुरी गाउँ पालिका वडा नम्बर ८ बस्ने बर्ष ३१ को कमल तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए । प्रहरी नायव उपरीक्षक थापाका अनुसार धनगढी तर्फबाट काठमाण्डौं आउदै गरेको ना ५ ख ९४०६ नम्बरको यात्रु बहाक बसलाई नागढुङ्गा स्थित चेकपोईन्टमा चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नम्बर २ घर भई बस्ने बर्ष १८ को राजन खनालले झोलामा लुकाई छिपाई लिई आएको नाईट्राभेट ३०० ट्यावलेट सहित नियन्त्रणमा लिएको छ ।

सोही घटनामा जिल्ला भत्तपुर सुर्यविनायक नगरपालिका सिरुटार वस्ने वर्ष २१ को अजय तामाङलाई समेत नियन्त्रणमा लिईएको प्रहरीले वताएको छ । नागढुङ्गा चेकपोईन्ट स्थित चेकजाँच गर्ने क्रममा झापा तर्फबाट काठमाण्डौं आउदै गरेको ना ५ ख ४९७२ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा उक्त बसमा सवार वर्ष २१ को साजन भुजेलले बोकी आएको हरियो रंगको हाते प्लास्टिकको झोला समेत चेकजाँच गर्दा मोवाईलको बट्टा भित्र प्याक गरिएको अवस्थामा लागु औषध डाईजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल, नुपिन ३० एम्पुल र सिरिन्ज १७ थान वरामद गरिएको प्रहरी वताएको छ ।

फोटो सौजन्य : रोशन दानी