सतुंगलस्थित भैंसी बजार हटाउन नगरपालिकाको पत्र

1132

चन्द्रागिरी,

चन्द्रागिरी नगरपालिका वडा न ११ स्तिथ सतुंगल मानबबस्ति र सशस्त्र प्रहरी बल अस्पताल नजिक अवैध रुपमा गैर कानुनि तरिकाले चौपाया भैसी, पाडा, पाडी बिक्रि बितरण गरि रहेकोमा स्वीकृति नलिई अवैध रुपले संचालित उक्त भैसी बजारबाट स्थानीय बासिन्दाहरुमा प्रतिकुल असर परेको, बातावरण दुषित बनाएको र सशस्त्र प्रहरी बल अस्पताल समेतलाई प्रभाव परेकोले उक्त स्थानबाट भैसिं बजार हटाउन वडा कार्यालयबाट पटक पटक लिखित सुचना तथा पत्राचार गर्दा समेत अटेर गरेर गैरकानुनि तरिकाले व्यवस्था संचालन गरि रहेकोले नगर कार्यपालिका वैठक निर्णय अनुसार उक्त भैसिं बजार हटाउने निर्णय भएकोले ३५ दिन भित्र व्यवस्था हटाउन पुन: पत्राचार गरिएको छ ।

उक्त समय भित्र व्यवस्था नहटाए कानुन बमोजिम कारबाही भै जाने समेत च.न.प.का. ११ वडा अधक्ष्य हरि भक्त हर्जनले बताए ।