
- 470Shares
चन्द्रागिरि नगरपालिका १२ बलम्बु स्थित सवारी प्रशिक्षण केन्द्र सञ्चालनमा अाएको छ । सम्पुर्ण सरकारी मापदण्ड अनुसार निर्माण गरिएको नेपालकै सवै भन्दा ठुलो ड्राइभिङ स्कुल भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा लि ले दु्र्इ पाँग्रेदेखी ठुला सवारी साधनहरू समेतको प्रशिक्षण दिने गरि केन्द्र सञ्चालन गरिएको बताइएको छ । अत्याधुनिक प्रविधिमा श्रव्यदृश्य सामाग्रीहरू सहित गुणस्तरीय सेवा दिने सञ्चालकको दाबी रहेको छ । केन्द्र हाल परिक्षणका क्रममा रहेको छ भने माघ महिनादेखी पुर्ण रूपमा सञ्चालनमा अाउने बताइएको छ ।
- 470Shares
Comments
