पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको बुधबार बढाएके मूल्य लागू नहुने भएको छ । सरकारले अहिलेलाई पुरानै मूल्यलाई यथावत राख्ने निर्णय गरेकव् निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

निगमले बुधबार बेलुका पेट्रोल प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

वृद्धि मूल्य लागू नभएपछि अब पट्रोल मूल्य ९८ रुपैयाँ, डिजेल र मट्टितेल ७४ रुपैयाँ ५० पैसा, खाना पकाउने ग्यास १३ सय २५ नै रहनेछ । हवाई इन्धनको मूल्य भने यथावत रहेको थियो ।्