मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? आफ्नो फोटोसहित यहाँबाट हेर्नुहोस्

काठमाण्डाै, वैशाख ९ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तपाईले भोट दिन पाउनुहुन्छ कि हुन्न ?, मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन ?

त्यो खुल्दुली लागेको भए यहाँ हामी त्यसको समाधान गर्दैछौ। कसरी हेर्ने त अाफ्नो नाम ?

१. सबैभन्दा पहिले तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस्।

२. त्यसपछि आफू बस्ने गाविस वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।

४. त्यसपछि मदतान केन्द्र छान्नुहोस्।

५. त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्। केहीसमयपछि तपाईँको विवर छाने अनुसारको नामावली आउँछ। नामावलीमाको माथि तपाईंको आफ्नो नामको पहिलो अक्षर बाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ।

६ . आफ्नो फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्नेहुन्छ त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला। त्यसपछि जन्ममिति/नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईँको पूरा विवरण आउँछ।

निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनअघि विशेष सुरक्षासहितको नयाँ मतदाता परिचयपत्र वितरण गर्दैछ। ‘हामीले चारवटा सुरक्षा फिचरसहितको परिचयपत्र तयार गरेका छौं,’ आयोगका सचिव गोपीनाथ मैनालीले सेतोपाटीसँग भने, ‘मतदाता नामावलीलाई अन्तिम रूप दिएपछि छपाइ सुरु गर्ने छौं।’ परिचयपत्रमा मतदाताको नाम, ठेगाना, नागरिकता नम्बर, मतदाता परिचयपत्र नम्बर लगायत विवरण उल्लिखित ‘क्युआर कोड’ अंकित हुनेछ। यो कोड विशेष प्रकारको उपकरणले मात्र पढ्न सक्छ।

मतदाता नामावलीकै आधारमा परिचयपत्र बन्ने भएकाले छुट्टै फोटो खिचाउनु वा निवेदन दिनुपर्ने छैन। आयोगले मतदाताको फोटो र औंठाछापसहितको नामावली यसअघि नै संकलन गरिसकेको छ। आफ्नो विवरण यहाबाट हेर्नुहोस :

आफ्नो विवरण यहाँबाट हेर्नुहोस :