
श्री भैरवनाथ माध्यमिक विद्यालयले ५६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. १०, बोसीगाउँमा रहेको श्री भैरवनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना भएको थियो ।
चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाअध्यक्ष शिवकुमार महर्जन लगायत विभिन्न स्कुलका प्रधानाध्यापक, समाजसेवीको उपस्थितमा रहेको थियो।
सो कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १३ पुरानो नैकापमा रहेको कङ्काली माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरुले श्री भैरवनाथ माध्यमिक विद्यालयलाई रु एक लाख १ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
साथै कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो ।