

बिष्णुदेवी शिक्षा सदन माध्यमिक बिद्यालयमा कक्षा ११ का बिद्यार्थीहरूको स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
बिष्णुदेवी शिक्षा सदन माध्यमिक बिद्यालय सतुङ्गलमा कक्षा ११ मा भर्ना भएका नयाँ बिद्यार्थीहरूलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
यस बिद्यालयको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री सिंह बहादुर महर्जनको सभापतित्वमा चन्द्रागिरि नगरपालिका वडा नं. ११ का वडाध्यक्ष श्री नरेन्द्र राज श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा यस बिद्यालयका प्र.अ. श्री कृष्ण प्रसाद पराजुली , सहायक प्र.अ. तथा कक्षा ११ र १२ का संयोजक श्री नन्दलाल श्रेष्ठ र सहायक प्र.अ. श्याम भक्त महर्जनले मन्तब्य ब्यक्त गर्नु भएको थियोे ।
यस कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालित बोर्ड परीक्षामा उत्कृष्ट जि.पि.ए. सहित उर्तिण बिद्यार्थीहरूलाई प्रमुख अतिथि श्री नरेन्द्र राज श्रेष्ठले पुरस्कारसहित मायाको चिनो प्रदान गर्नुभएको थियोे ।
उक्त कार्यक्रममा उपस्थित बिद्यार्थीहरूको मनोरञ्जनका लागि साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियोे ।