चन्द्रागिरी नगरपालिका र कोरियाको जियोत्न्जी डोजिन टेक्नोलोजी विच आपसी सहयोग सम्बन्धि छलफल संपन्न

463

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिकामा मित्र रास्ट्र कोरियाका जियोत्न्जी डोजिन टेक्नोलोजीका प्रमुख निर्देशक जियोंग सांग ह्वा सहितको उच्च स्तरीय टोलि संग चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिको नेतृत्वमा सौहार्दपूर्ण रुपमा चन्द्रागिरी नगरपालिकाको बिबिध बिषयमा अवगत तथा जानकारी गराउने कार्य सम्पन्न भएको छ ।दुइ पक्षीय आपसी हितको बारेमा जानकारी आदान प्रदान गरियो भने कोरियन टोलीलाई नगरपालिकामा स्वागत गरिएको थियॊ।

कोरियाका जियोत्न्जी डोजिन टेक्नोलोजीका प्रमुख निर्देशक जियोंग सांग ह्वा लाइ चन्द्रागिरी नगरपालिकाको तर्फ बाट नगर प्रमुख घन श्याम गिरीले मायाको चिनो प्रदान गरेका थिए भने कोरियन टोलीले पनि मायाको चिनो प्रदान गरेका थिए। आगामी दिनमा संगै सम्न्वय र आवश्यक सहयोग गर्दै चन्द्रागिरी नगरपालिकाको विकास गर्ने उदेश्यले उक्त भेटघाट र छलफल भएको थियो।