सरकारी कार्यालयहरु आजदेखि एक घण्टा चाँडै बन्द हुने

484

आज देखि सरकारी कार्यालयको समय हेरफेर हुने भएको छ।

गृह मन्त्रालयले सूचना जारी गरे अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय संचालन हुने जनाएको छ। यो अवधिमा शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्नेछन्।

त्यस्तै वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय खुल्ने सूचनामा उल्लेख छ।

दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको सरकारले असार १ गतेदेखि कार्यालय समय ६ दिन लागू हुदै आएको छ । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो।