नेपालय स्कुल तथा कलेजद्वारा आयोजित दोस्रो नेपालय इन्टर इन्स्टिच्युट एसईई ३ ‘ए’ साइड  बास्केटबल प्रतियोगिता सुरु

105

काठमाडौंको कलङ्कीस्थित नेपालय स्कुल तथा कलेजद्वारा आयोजित दोस्रो नेपालय इन्टर इन्स्टिच्युट एसईई ३ ‘ए’ साइड  बास्केटबल प्रतियोगिता सुरु भएको छ । 

एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित आयोजना गरिएको उक्त प्रतियोगितामा २४ वटा टिम सहभागी रहेका छन्।

खेल दुई दिन असार ८ र ११ गते कलेजको बास्केटबल मैदानमा हुनेछन। 

बास्केटबल प्रतियोगिता प्रथम हुने टिमले नगद रु. १५ हजार र द्वितीय स्थान हात पार्ने टिमले रु. १० हजार र तृतीय स्थान ५ हजार नगद साथै ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्।

साथै उत्कृष्ट खेलाडी र टप स्कोर खेलाडीले नगद २ हजार ५ सय नगद साथै ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्।

बास्केटबल प्रतियोगिता नेपालय स्कुल तथा कलेजका प्रिन्सिपल श्री पुस्कल राज पन्तज्यूलले उद्घाटन गर्नुभयो।

गत शनिबार सम्पन्न खेलमा Infinity “A” , “Infinity “B” , Nepalaya “B” र Shree Yuba “A” सेमी फाइनल पुग्न सफल भएका छन् भने उक्त खले असार १४ गते शुक्रबार नेपालयको प्राङ्गणमा बिहान ८ बजे बाट Infinity “A” VS “Infinity “B” र  Nepalaya “B” VS Shree Yuba “A” खेल हुनेछ ।