नागढुङ्गा सुरूङ मार्गका जग्गा किनबेच तथा निर्माणमा रोक

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक बिभाग, बैदेशिक समन्वय महाशाखा, नागढुंगा सुरुङ्ग मार्ग निर्माण आयोजना अन्तर्गत पुब्री सडक खण्ड निर्माणको लागि जग्गा प्राप्त गर्ने मिति २०७४/०७/२० को मुआब्जा निधार्ण समितिको निणर्य अनुसार काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका अन्तरगतका आयोजना प्रभवित क्षेत्रमा पर्ने जग्गा, घररटहरा तथा अन्य स्थायी संरचना र रुख बिरुवा समेत स्थायी रुपले प्राप्त गर्न मिति २०७४/०७/२२ को गोर्खापत्र राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकासित भैसकेको छ । सो सूचना बमोजिमका जग्गाहरु किनबेच तथा कित्ताकाट गर्न रोक लगाउन सम्बन्धित निकायमा पत्राचार भैसकेको र उक्त जग्गाहरुमा घर टहरा लगायत कुनै पनि स्थायी संरचना निर्माण कार्य तथा हालका संरचना बेचबिखन नगर्न र नगराउन अायोजनाले अनुरोध गरेको छ ।

नागरिक दैनिकमा २०७४/०९/१९ गते प्रकाशित