
चन्द्रागिरि नगरपालिका स्थित महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम चरणको आयोजना उद्घाटन एवं साधारणसभा एक समारोहका बीच वाङमय शताब्दी पुरुष, संस्कृतिविद् डा. सत्यमोहन जोशीले उद्घाटन गर्नुभएको छ । शनिबार आयोजित कार्यक्रममा उक्त क्षेत्रका संघीय सांसद् अञ्जना विशंखे, प्रदेश सांसद्हरु रमा आले मगर, पुकार महर्जन, बेलीमाया घले, चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, विभिन्न वडाका वडाध्यक्षहरु,क्षेत्रीय अनगुमन तथा सुपरिवेक्षण कार्यालयका अधिकारीहरु, विभिन्न खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरु एवं उपभोक्ताहरुको उपस्थिति थियो ।
उक्त आयोजनाले चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ का २३४२ घरमा विगत ८ वर्षदेखी निजीधारा मार्फत पानी वितरण गर्दै आएको छ भने आ.व. २०७६÷७७ मा निर्माण सम्पन्न हुनेगरि ३२ करोड ६२ लाख ७२ हजार ४६ रुपैँया लागतमा सहलगानी आयोजना सुरु गर्दैछ । क्षेत्रीय अनुगमत तथा सुपरीवेक्षण कार्यालयका सिडिई हरि प्रसाद तिमिल्सिनाका अनुसार उक्त आयोजना काठमाण्डौ उपत्यकाकै सबैभन्दा ठुलो आयोजना हो । उक्त आयोजना सञ्चालनका लागि नेपाल सरकारले ७० प्रतिशत र संस्थाले ३० प्रतिशत लागन व्यहोर्नेछन् ।