नैकाप गाेल्डकप २०७५ मा वेष्ट्रन युनाईटेड एफ सि पराजित, तारकेश्वर युथ क्लब र कंकाली युवा क्लब विजय

आज पहिलो खेलमा अमर सिंह क्लब,मूलपानी, वेष्ट्रन युनाईटेड एफ सि,किसिपिडी,गुर्जुधारा माथी १:० गाेल अन्तरकाे कठिन जित दर्ता गर्न सफल बन्दै जारी नैकाप गाेल्डकप २०७५ काे दाेस्राे चरण पुग्न सफल बन्याे ।खेलकाे एक मात्र गाेल अमर सिंह क्लबका कृष्ण गाेपाल श्रेष्ठले गरे । म्यान अफ दि म्याच बिजयी टाेलीका रमेश घिसिड्ग चूनिय ।

दिउसाे १ बजे भएकाे दोस्रो खेलमा तारकेश्वर युथ क्लब,स्यूचाटारले सहेली सिम्रिक विष्णु भैरव एफ सी माथी ३:० गाेल अन्तरकाे जित दर्ता गर्न सफल बन्याे ।तारकेश्वरका लागि उनम बुढाथाेकी,राेजिन माली र सूबिल श्रेष्ठले एक-एक गाेल गरे ।म्यान अफ दि म्याच सहेली सिम्रिकका संजाेग महर्जन घाेषित भए ।

दिनकाे अन्तिम खेलमा कंकाली युवा क्लब द्वारा सितापाईला एफ सि ट्राईब्रेकरमा ५-४ ले पराजित बन्याे । निर्धारित समय गाेलरहित बराबरीमा राेकिए पछि युवा खेलाडीले भरिएकाे सितापाईला एफ सी. का अरूण ठकूरीकाे पेनाल्टीले गाेलपाेष्ट माथीकाे दिशा लिए पछि ट्राईब्रेकरमा कंकाली बिजयी बन्याे ।म्यान अफ दि म्याच सितापाईलाका सूरेश परियार चूनिय ।

Exit mobile version