कलंकी–नागढुंगा सडकः ‘सरकारले बनाएन, हामी बनाउँछौं’ सरकारलाई व्यंग्य गर्दै स्थानीयले गरे सडक मर्मत ।

६ साउन, काठमाडौं । लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन् ।

कलंकी–नागढुंगा बाटो निर्माण दवाव समूह गठन गरि चन्द्रागिरिका स्थानियहरूले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीयले ‘हाम्रो सडक हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर दुई घण्टा सडक जाम गरेर नाराबाजी समेत गरेका थिए ।

विराेध कार्यक्रममा वाेल्दै कंलकी नागढुगां सडक छिटाे वन नसक्दा लाखाै जनता मारमा परेकाे भन्दै स्थानीयहरू विराेधमा उत्रिएका हुन । वाटाेकै कारण सडक जाम,दुर्घटना र विरामीहरूकाे वाटैमा मृत्युु हुने गरेकाे कारण दवाव स्वरूप सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गर्नु परेकाे संघर्ष समितिका सदस्य तथा समितिका संचार संयाेजक राेसन दानीले वताए ।

स्थानीयको प्रदर्शनका कारण केहीबेर राजधानी भित्रिने र बाहिरिने सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको थियो ।

कलंकी–नागढुंगा बाटो निर्माण दवाव समूह अध्यक्ष ईश्वर लामाले सडक निर्माणका लागि सरकारलाई आग्रह गर्दा गर्दै वाटाे वनाउने सरकारले नै अालटाल गरिरहेकाे कारण यस्ताे विराेध गरेकाे बताए । उनले शैलुङ कन्ष्ट्रक्सनको लापरवाहीले सडक निर्माण प्रभावित भएकाले कारबाही गरेर गति दिन सरकारसँग अाग्रह गरे ।

कलंकी–नागढुंगा सडक निर्माण शुरु भएको लामो समय गुज्रिसके पनि यो अझै सम्पन्न भएको छैन । बाटो निर्माण अलपत्र पर्दा स्थानीयले सडक असुविधासँगै धूलो–धुवाको सामना गरिरहेका छन् ।

कलंकी–नागढुंगा बाटो निर्माण दवाव समूह सचिव माेहन डाँगीले अब कंलकी नागढुगां सडक सरकारले नवनाए जनताहरूले वनाउने व्यंग्य गर्दै तत्काल सरकारकाे ध्यानाकर्षण हुनु पर्ने वताए । वाटाे चाडाे नवनाए जस्ताे सुकै संघर्ष गर्ने पनि अाफुहरू तयार रहेकाे वताए ।