नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जग्गाको मुआब्जा रकम लिन आह्वान

काठमाडौं, असार २६ । नागढुङ्गा सुरुङमार्गले काठमाडौं तर्फको जग्गा अधिग्रहण गर्न जग्गाको मुआब्जा रकम लिन आह्वान गरेको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले सुरुङमार्ग निर्माण गर्न काठमाडौंबाट प्रवेश विन्दूको क्षेत्र अन्तर्गत चन्द्रागिरि नगरपालिकाको साविक महादेवथान, बलम्बु, दहचोक र थानकोटमा पर्ने उक्त जग्गाको लागि मुआब्जा लिन बोलाएको हो ।

चन्द्रागिरि नगरपालिकको १, ३, ४, ५, ७ र १२ नम्बर वडामा पर्ने उक्त क्षेत्रको सो जग्गाबाट सुरुङमार्ग निर्माण हुँदैछ । यो सुरुङमार्ग बनाउँन पहिले काठमाडौंतर्फको जग्गाको मुआब्जा तय गरेर रकम बुझ्न आउने सम्बन्धि सूचना जारी भएको आजको गोरखापत्र दैनिकमा खबर छापिएकाे छ