प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयता विरोधीले संघीयता खारेज गर्ने खेलमा लागेको बताएका छन् ।

रोसन दानी, १० असार काठमाडौंको । चन्द्रागिरि नगरपालिकाको दोश्रो नगर सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले ठूलो बलिदानीपूर्ण संघर्षबाट आएको लोकतान्त्रिक संघीय गणतन्त्र मास्ने चलखेललाई निस्तेज पार्नुपर्ने बताए । ‘कानून बनाउन नसक्दा समस्या सिर्जना भएको छ, स ंघीयतालाई मास्न ठूलो षड्यन्त्र हुँदै छ ।’ उनले भने । मुख्यमन्त्री पौडेले तीनवटै सरकार मिलेर नगए प्रदेश सरकारको औचित्य नरहने भन्दै विकास जनमुखी र विकास निर्माणकार्यमा जनसहभागिता भयो भने मात्र विकास सम्भव हुने उनको बताए । ‘एक वर्षसम्म नगरपालिकामा न्यायिक समिति नबन्दा जनता मारमा परेको भन्दै विकासको काममा एक जुट हौ पाटी नभनौ सबै दलहरूको पनि भावनाको कदर गरौ ।’ मुख्यमन्त्री पौडेले भने । प्रदेश ३ सदस्य केशव राज पोखरेलले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनताहरूलाई सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न सकियो भने मात्र जनप्रतिनिधि भएको आभास महशुस हुने बताए ।उनले जनप्रतिनिधिहरूले सबै विचारधारामा रहेका जनताहरूको पनि भावनामा काम गर्नु पर्ने धारणा राखे ।

पोखरेलले समृद्धिको वाटोमा लाग्न सहकारीहरुको पनि मुख्य भुमिका रहने उल्लेख गर्दे समुन्त नगरपालिका वनाउने अभियानमा प्रदेश स्तरिय संरचना अन्र्तगत नगरपालिको विकासमा सहयोग पुयाउँने वताए । कार्यक्रममा प्रदेश ३ सदस्य रमा आले मगरले चन्द्रागिरिको विकासमा सवै नागरिकहरुको अपनत्व हुने गरि संरचना निर्माणमा ध्यान दिनु पर्ने वताईन । उनले चन्द्रगिरि नगरपालिकाको मुख्य प्रवेश द्धार नागढुङ्गा देखि कंलकी सडकको दुराअवस्थाका कारण नगरपालिकाको पहिचान माथी प्रश्न चिह् खडा भएको औल्याईन । त्यस्तै प्रदेश सदस्य वेली मायाँ घलेले नगरपालिकामा भएको उद्योग कलकारखानको विकासलाई प्रोत्साहान दिनु पर्ने वताईन । कार्यक्रममा जिल्ला संमन्वयन काठमाण्डौंका सभापती शिवस्ुन्दर वैद्यले सम्रग नगरको विकासका लागि जल्ला संमन्वयन काठमाण्डौंले साथ र सहकार्य गर्ने वताए । उनले हरेक नगरको विकासमा अनुगमन र परिर्वेक्षण गर्ने उहाँको तर्क थियो ।

कार्यक्रममा चन्द्रागिरि उद्योग वाणिज्य संघको अध्यक्ष तथा समाजसेवी राजेन्द्र विक्रम वानियाँले नगरपालिकाको दिगो विकासमा सवैको हातेमालो हुनु पर्ने वताउँदै, आर्थिक,सामाजिक रुपान्तरणमा नगरलाई पर्यटकिय पुर्वाधारको विकासमा लाग्ने वेला आएको वताए । उद्घाटन सत्रमा बोल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका विकास र समृद्धको हिसाबले चाँडै गति लिने बताए ।उनले समृद्ध नगर अभियान नेपालको सुरूङ्ग मार्ग, केवलकार र अब बन्ने रेल मार्ग निर्माण पश्चात् आधुनिकता र सम्पन्नतातर्फ लम्कने विश्वास व्यत्त गरे ।