बिहान वडा कार्यालय खोल्दा सेवाग्राहीले सकरात्मक प्रतिक्रिया जनाउनु भएको छ’ चन्द्रागिरि नगरपालिका

चन्द्रागिरि नगरपालिका अन्तर्गतका वडा कार्यालयहरू बिहानको समयमा सञ्चालन गर्दा सेवाग्राहीले सुविधा पाएको अधिकारीहरूले दाबी गरेका छन् । मंसिर पहिलो हप्तादेखी नगरपालिका अन्तर्गतका १५ वटा वडा कार्यालयहरू बिहान ७ देखी मध्यान्ह १२ बजेसम्म सञ्चालन हुने थालेको हो । सेवाग्राहीहरूले एकैदिन अाफ्ना प्रशासनिक कार्यहरू गर्न सकेको नगरप्रमुख घनश्याम गिरीले बताए ।
नागरिकता, राहदानी लगायतका सिफारिस भएकै दिन गर्न सहज भएको हुँदा सेवाग्राहीहरूबाट ‘पोजेटिभ रेस्पोन्स’ अाएको मयर घनश्याम गिरिले चन्द्रागिरि न्युजलार्इ जानकारी दिए। वडा कार्यालयहरू बिहान ७ बजेदेखी १२ बजेसम्म खुलेपनि नगरपालिका कार्यालय भने बिहान १० देखी साँझ ५ बजेसम्म नै सञ्चालन भइरहेको छ ।