नागढुङ्गा प्रहरीको अर्काे सफलता :अवैध लागुअाैषध सहित दुई काराेवारी पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुअाैषध सहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ । वारा वाट काठमाडौं अाउदै गरेकाे ना५ख ४९७० नंम्वरको यात्रुवाह वस चेक जाचकाे त्रममा लागुअाैषध सहित जिल्ला बारा कलैया नपा १ घर हुने वर्ष १८ का सर्फराज अन्सारी लाई नागढुङ्गा बाट नियन्त्रणमा लिईएकाे हाे ।उनकाे साथवाट झोलामा लुकाई ल्याइरहेको अवस्थामा डाइजेपाम ५० एम्पुल, फेनार्गन ५० एम्पुल तथा नुफिन ५० एम्पुल गरि जम्मा १५० एम्पुल लागुअाैषध सहित नियन्त्रणमा लिईएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गा का प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिनु भयाे। निजको सहयोगमा संलग्न अोखलढुङ्गा घर बताउने १६ वर्षीय सुजन लामा लाई समेत बालाजुबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरिय प्रहरी वृत्त थानकोट पठाइएको छ। हालसम्म नागढुङ्गा प्रहरी निरिक्षकाे कमाण्डमा हाल सम्म डाइजेपाम , नाईट्जेपाम , फेनार्गन , नुफिन , लुपिजेसिक,एभिल ,कारेक्स,डाईलेक्स लगायत १७ हजार भन्दा माथी लागुअाैषध नियन्त्रणमा लिई ४१ वटा मुदामा ७० जनालाई अदालत वाट म्याद थप गरि कारभाहि  प्रकृया अगाडि वढाईसकेकाे प्रहरीले जनाएकाे छ ।