चन्द्रगिरि चुनदेवी स्तिथ गुडिरहेको स्कुटरमा अचानक आगलागी

1961

चन्द्रगिरि नगरपालिका १२ चुनदेवी चोकदेखि नजिक भित्रि शाखा सडक खण्डमा गुडिरहेको स्कुटरमा अचानक आगलागी भइ पूर्ण रूपमा क्षति भएको हो।

महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटका ट्राफिक प्रहरी जवना रमेश शर्माका अनुसार साँझ ५:४५ बजे बा ५१ प २९७८ नम्वरको रातो रङको गुडिरहेको स्कुटरमा अचानक आगलागी हुँदा उक्त स्कुटर पूर्ण रूपमा क्षति भएको हो।

मुकेश चौधरीले चलाएको स्कुटरमा अचानक आगो लागेको हो। आगोले मानवीय क्षति भने नभएको महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटले जनाएको छ।

भिडीयो: रोसन दानी