हिजाे चार वजेकाे घटना अहिले सम्मपनि उद्धार जारी

2706

चन्द्रागिरी १२ दूरसचार पछाडि निर्माणाधीन घरको इनार खन्ने क्रममा माटोको डिस्को भत्किएपछि एक युवा पुरिएका छन्।

आइतबार सो घटना भएता पनि उनलाई अहिलेसम्म उद्धार गर्न सकिएको छैन।

हाल पनि महानगरीय प्रहरी वृत्त थानकोट,प्रभाग वलम्वु, नेपाल प्रहरीको विपत व्यवस्थापन शाखाको टोली , सशस्त्र प्रहरी वल निलवाराही, नेपाली सेनाको जगदल, बृजिङ्ग महाशाखा थानकोटका टोलीले उनको उद्धार गर्ने प्रयास गरिरहेका छन्।

जिल्ला सिन्धुली घर भई चन्द्रागिरी ६ बस्ने वर्ष ३५ को राम माझी इनारको रिङ्ग हाल्ने क्रममा सो घटना भएको स्थानीय बताउँछन्। घटनापश्चात स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

३० फिट गहिरो इनार भएकोले उद्धारमा कठिनाइ भइरहेको उद्धारमा खटिएका प्रहरी बताउँछन्।